प्रभु र ग्राण्डका पीडित लगानीकर्तालाई खुशीको खबर, अर्को सातादेखि सेयर कारोबार खुल्ने

Dec 22, 2016 Merolagani

नेपाल राष्ट्र बैंकले ग्रान्ड बैंकलाई गाभेको प्रभु बैंकको सम्पूर्ण सेयर कारोबार फुकुवा गरिदिने भएको छ । बिहीबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति वैठकले कारोबार फुकुवाको लागि नेपाल स्टक एक्सेचेन्जलाई पत्र लेख्ने निर्णय गरेको हो। राष्ट्र बैंकका प्रबक्ता नारयाणप्रसाद पौडेलले प्रभुको कारोबार खोल्ने बारेमा राष्ट्र बैंक संचालक समितिको बैठकमा छलफल भएको पुष्टि गर्नुभयो ।

यसअघि प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्डतर्फको रोकेपछि  धितोपत्र बोर्डले प्रभुको पनि कारोबार रोकेको थियो ।

गत असोज १७ र १८ गते राष्ट्र बैकले प्रभु बैंकतर्फको मात्र सेयर कारोबार फुकुवा गराउँदा दुई दिन सेयर किनबेच भएको थियो । त्यतिबेला प्रभुको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।

नेपाल स्टक एक्सचेन्जले प्रभुको मात्र कारोबार खोल्दा सेयर मूल्य मिलानमा समस्या पर्ने भन्दै राष्ट्र बैंक र धितोपत्र बोर्डलाई समस्या समाधानका लागि आग्रह गरेपछि बोर्डको निर्देशनमा कारोबार रोक्का भएको थियो ।

राष्ट्र बैंकले ग्राण्ड तर्फको खराब कर्जाको अबस्था जटिल रहेको भन्दै ग्राण्डतर्फको सेयर कारोबार रोकेर कर्जा असुल गर्न प्रभु ब्यवस्थापनलाई दबाब दिएको थियो । बितेको तीन महिनामा प्रभु बैंकले खराब कर्जा असुलीमा उल्लखनीय प्रगति गरेको आधारमा राष्ट्र बैंकले सेयर कारोबार खोल्न अनुमति दिएको बुझिएको छ । प्रभुले कतिपय धितोहरु लिलाम गरेको छ भने लिलाम हुन नसकेकोलाई गैर बैंकिड. सम्पतिको रुपमा सकार्ने प्रक्रिया अगाडि बढाएको छ । प्रभुको ब्यवस्थापन खराब कर्जा असुली गर्न कडा रुपमा प्रस्तुत भएपछि उसको खुद नाफा पनि बढ्ने संभावना छ ।

राष्ट्र बैंकले ग्रान्डतर्फको पनि कारोबार फुकुवा गरिदिएर आउँदो साताबाट प्रभुको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् ।

साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार भएको थियो ।

मर्ज हुँदा ग्राण्डको ६५.५८ र प्रभुको १२१.४५ सेयर मिलान अनुपात ( स्वाप रेसियो ) कायम हुने निर्णय भएको थियो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड छ । उसले चुक्ता पूँजी आठ अर्ब बनाउन ४० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि यही शुक्रबार उसले १५ औं बार्षिक साधारणसभा राजधानीमा गर्दैछ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।