समता माइक्रोफाइनान्सको साधारण सेयरमा आवेदन खुल्यो, कहाँ कहाँबाट गर्ने आवेदन ?

Jan 03, 2017 Merolagani

समता माइक्रोफाइनान्स बित्तीय संस्थाले मंगलबारबाट ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले निष्कासन गरेको सेयरमा पुस १९ गते मंगलबार देखि पुस २२ गते शुक्रबारसम्म सम्म आवेदन दिन सकिने छ । तीन करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । आईपीओ लगानी गर्न इच्छुक लगानीकर्ताले थोरैमा ५० कित्ताको एक सय रुपैंयाका दरले पाँच हजार रुपंैयाँदेखि अधिकतम पाँच सय कित्ता अर्थात ५० हजार रुपैयाँ सम्म आवेदन दिन पाउनेछन् ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्सले निष्काशन गरेको ९४ हजार आठ सय कित्ता सेयरमध्ये एक हजार आठ सय ९६ कित्ता शेयर कर्मचारी र चार हजार सात सय ४० कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ८८ हजार एक सय ६४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड गरिनेछ ।

संस्थामा तीस जना संस्थापकहरुको दुई करोड दश लाख रुपैयाँ लगानी रहेको छ । गत आर्थिक वर्षमा संस्थाले ७ हजार सदस्यहरुमा २५ करोड रुपैंयाको कारोबार गरी एक करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो ।
समता माइक्रोफाइनान्सले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा गत भदौ पाँच गते आवेदन दिएर बोर्डबाट मंसिर २७ गते स्वीकृति पाएको थियो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको थियो ।

कहाँ कहाँ बाट आवेदन गर्न सकिन्छ ?

आवेदन फारम एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट लगायत नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु पुतलीसडक, लाजिम्पाट, कालीमाटी, बौद्ध, बत्तिपुत्तली, ठमेल, पुल्चोक लगनखेल, सिपाडोल, ललितपुर र उपत्यका बाहिरका सम्पुर्ण शाखाहरु मार्फत बुझाउन सकिनेछ ।

त्यस्तै आईसिएफसी फाईनाइन्सको भाटभटेनी, बौद्ध, मैतिदेबी, गोंगबु, पेप्सीकोला, न्युरोड तथा काभ्रेको बनेपा, गोर्खाज फाईनाइन्सको कार्यालयहरु डिल्लीबजार, बौद्ध, न्युरोड, सातदोबाटो, सुर्यविनायक, दमक, धरान, इटहरी, नारायणगढ,र बिर्तामोड तथा सिर्नजी फाईनाइन्सका कार्यालयहरु कमलादी, गोंगबु,न्युरोड पोखरा, मिलनचोक बुटवल शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

भिबोर क्यापिटल कृष्णगल्ली ललितपुर, हाम्रो विकास बैंक बट्टार, नुवाकोट, साझा विकास बैंकको शाखाहरु धनगढी, कैलाली, टिकापुर र महेन्द्रनगर शाखा तथा समता माइक्रोफाइनान्सको सम्पुर्ण कार्यालयहरु मार्फत पनि सेयरका लागि आवेदन दिन सकिने बताइएको छ । साधारण सेयरमा आवेदन गर्दा सि.बि.आई.एल क्यापिटल डिल्लीबजार र गुहेश्वरी मर्चेन्ट एण्ड फाईनाइन्सका कार्यलयहरु हरिहरभवन ललितपुर, चाबहिल, हेटौडा, विरगञ्ज र चारअलीमा भने चेकबाट मात्र आवेदन बुझिलिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।