सांग्रिलासँगको सम्झौतापछि बुधबारदेखि कसमसको र बिहीबारदेखि नेपाल कम्युनिटीको सेयर कारोबार रोकिएको छ ।
हाल साङ्ग्रिलाको चुक्ता पूँजी एक अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बैंकले गतबर्षको मुनाफाबाट १६ दशमलव शुन्य ७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनस समेत गर्दा बैंकको पूँजी एक अर्ब २४ करोड रुपैयाँ पुग्ने छ ।
तीन जिल्ले कार्य क्षेत्र भएको कम्युनिटीको चुक्ता पूँजी २० करोड ९५ लाख रुपैयाँ रहेको छ ।
९ करोड ९९ लाख रुपैयाँ चुक्तापूँजी भएको कसमसले गत आर्थिक बर्षको बोनस वितरण गर्न बाँकी नै रहेको छ ।
दुबै बिकास बैंकलाई एक्वायर गरेपछि साङ्ग्रिला डेभलपमेण्ट बैंकको पूँजी एक अर्ब ५३ करोड रुपैयाँ नाघ्ने छ । यद्यपी दुई बैंकको सेयर स्वाप रेसियो कति हो भन्ने कुरा खुलाईएको छैन ।
राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड पुँजी थप मर्जर, एक्विजिन र हकप्रद तथा बोनसको माध्यमबाट पूर्याउने योजना रहेको बैंकका अधिकारीहरुले बताएका छन् ।
आफै चुक्ता पूँजी पुर्याउन नसक्ने र कमजोर अबस्थाका बिकास बैंक तथा फाईनान्सहरुले चालु आर्थिक बर्षको मद्यावधि समीक्षा गरी अरु संस्थासँग गाभिने क्रम तीब्र पारेको देखिएको छ ।