समता माइक्रोफाइनान्सको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन, तीन दिनमा कति पर्यो आवेदन ?

Jan 06, 2017 Merolagani

समता माइक्रोफाइनान्स बित्तीय संस्थाले मंगलबारबाट निष्काशन गरेको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री आजदेखि बन्द हुँदैछ । माग गरे भन्दा धेरै आवेदन परेका कारण माइक्रोफाइनान्सले निष्काशन बन्द हुने छिटो मितिमा नै सेयर निष्काशन बन्द गर्न लागेको हो । लगानीकर्ताले शुक्रबार बैंकिंग समय भित्रमा सेयरका लागि आवेदन गरिसक्नु पर्ने हुन्छ ।

तीन करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणमा जारी गरेको हो ।

सेयर निष्काशन भएको तीन दिनसम्ममा एक अर्ब १४ करोड ९२ लाख रुपैंयाको आवेदन परेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ । यो प्रारम्भिक तथ्यांक मात्र रहेको भन्दै उसले ५४ हजार आवेदनबाट उक्त रकमको सेयर माग भएको जनाएको हो । तीन दिनमा नै लघुवित्तको साधारण सेयरमा एक सय ६० गुणाभन्दा बढीको आवेदन परेको हो ।

आईपीओ लगानी गर्न इच्छुक लगानीकर्ताले थोरैमा ५० कित्ताको एक सय रुपैंयाका दरले पाँच हजार रुपंैयाँदेखि अधिकतम पाँच सय कित्ता अर्थात ५० हजार रुपैयाँ सम्म आवेदन दिन पाउनेछन् ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्सले निष्काशन गरेको ९४ हजार आठ सय कित्ता सेयरमध्ये एक हजार आठ सय ९६ कित्ता शेयर कर्मचारी र चार हजार सात सय ४० कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ८८ हजार एक सय ६४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड गरिनेछ ।

संस्थामा तीस जना संस्थापकहरुको दुई करोड दश लाख रुपैयाँ लगानी रहेको छ । गत आर्थिक वर्षमा संस्थाले ७ हजार सदस्यहरुमा २५ करोड रुपैंयाको कारोबार गरी एक करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो ।
समता माइक्रोफाइनान्सले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा गत भदौ पाँच गते आवेदन दिएर बोर्डबाट मंसिर २७ गते स्वीकृति पाएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको थियो ।

कहाँ कहाँ बाट आवेदन गर्न सकिन्छ ?

आवेदन फारम एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट लगायत नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु पुतलीसडक, लाजिम्पाट, कालीमाटी, बौद्ध, बत्तिपुत्तली, ठमेल, पुल्चोक लगनखेल, सिपाडोल, ललितपुर र उपत्यका बाहिरका सम्पुर्ण शाखाहरु मार्फत बुझाउन सकिनेछ ।

त्यस्तै आईसिएफसी फाईनाइन्सको भाटभटेनी, बौद्ध, मैतिदेबी, गोंगबु, पेप्सीकोला, न्युरोड तथा काभ्रेको बनेपा, गोर्खाज फाईनाइन्सको कार्यालयहरु डिल्लीबजार, बौद्ध, न्युरोड, सातदोबाटो, सुर्यविनायक, दमक, धरान, इटहरी, नारायणगढ,र बिर्तामोड तथा सिर्नजी फाईनाइन्सका कार्यालयहरु कमलादी, गोंगबु,न्युरोड पोखरा, मिलनचोक बुटवल शाखाहरुबाट आवेदन दिन सक्ने छन् ।

भिबोर क्यापिटल कृष्णगल्ली ललितपुर, हाम्रो विकास बैंक बट्टार, नुवाकोट, साझा विकास बैंकको शाखाहरु धनगढी, कैलाली, टिकापुर र महेन्द्रनगर शाखा तथा समता माइक्रोफाइनान्सको सम्पुर्ण कार्यालयहरु मार्फत पनि सेयरका लागि आवेदन दिन सकिने बताइएको छ । साधारण सेयरमा आवेदन गर्दा सि.बि.आई.एल. क्यापिटल डिल्लीबजार र गुहेश्वरी मर्चेन्ट एण्ड फाईनाइन्सका कार्यलयहरु हरिहरभवन ललितपुर, चाबहिल, हेटौडा, विरगञ्ज र चारअलीमा भने चेकबाट मात्र आवेदन बुझिलिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।