बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गतबर्ष यसैवधिमा ९ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालुबर्षको दोस्रो त्रैमासमा १४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ४२ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले पुस मसान्तसम्ममा ४ अर्ब ८९ करोड रुपैया निक्षेप संकलन गरेको छ भने ३ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरको छ ।
समिक्षा अवधिमा बैंकले आफ्नो जगेडा कोषलाई बलियो बनाउने जमर्को गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ९४ लाख रुपैयाँ रहेको जगेडा कोष चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
यसअवधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो दोस्रो त्रैमासमा ०.३९ प्रतिशत खराब कर्जा बढेर १.१४ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २९.११ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १४.१९ गुणा रहेको छ ।
प्राइम कमर्शियल बैंकले एक्वायर गर्ने क्रममा रहेको बैंकले गतबर्षको कमाइबाट १८ प्रतिशत बोनस वितरण गरेको थियो । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन प्राइम बैंकले बिराटलक्ष्मी विकास बैंकलाई आफुमा गाभ्ने सम्झौता गरिसकेको छ ।