सेयर बजार घट्दा म्युचुअल फण्डहरुमा कस्तो पर्यो असर ? यस्तो छ तथ्याङ्क

Jan 29, 2017 Merolagani

टीआर पौड्याल /परमेश्वर अधिकारी
सेयर बजारमा निरन्तर आएको गिरावटका कारण म्युचुअल फण्डहरुको वित्तीय अवस्थामा पनि भारी मात्रामा नकरात्मक असर देखिएको छ । बजार घट्न थाले पछि केही म्युचुल फण्डले धमाधम सेयर बेचेको देखिएको छ भने केहीले थोरै मात्रामा सेयर किनेको देखिएको छ । तथ्यांकमा हेनुहोस् म्युचुअल फण्डको यस्तो छ अवस्था ।

शुक्रबार पुस मसान्तको नाभ प्रकाशन गरेका आठ म्युचुअल फण्डहरुको सबै जसो सुचकहरुमा गिरावट आएको छ ।

म्युचुअल फण्डहरुले सुचिकृत कम्पनीको सेयरमा गरेको लगानीको भ्यालु घट्यो

एनएमबी हाइब्रिड फण्ड एल वान बाहेक सबै म्युचुअल फण्डहरुले किनेको सेयरको मूल्यांकन भारी मात्रामा घटेको छ । सेयर बेचेका कारण पनि यो रकममा गिरावट आएको हुन सक्छ ।

 

कसले सेयर किन्यो अनि कसले सेयर बेच्यो ?

घट्दो बजारबाट जो कोही पनि सुरक्षित हुनका लागि बाहिरिनु स्वभाविक हो । यहाँ केही म्युचुअल फण्डहरु पनि बजारबाट बाहिरिएका छन् भने केहीले बैंक व्यालेन्सको आकार घटाउँदा अझै बजारमा लगानी गरिरहेको आँकलन गर्न सकिन्छ । बैंक व्यालेन्स बढ्नेले सेयर बेचेको हो भने घट्नेले सेयरमा थप लगानी गरेको देखिन्छ ।चार म्युचुअल फण्डको बैंक व्यालेन्स घट्दा कुन कुनले बढाए ? आफैं चुरो कुरो खुट्याउनु होस् । 

 

सार्वजनिक निष्काशनमा बढ्यो लगानी

नोक्सान माथि नोक्सानको भारी बढ्दै गर्दा नेपाल लाइफ, फरवार्ड कम्युनिटी, एसबिआई बैंक लगायत कम्पनीले निष्काशन गरेको सेयरमा म्युचुअल फण्डहरुले उल्लेख्य लगानी गरेका छन् । यसले अहिलेको बजारको गिरावटमा केही राहत दिने देखिएको छ । यस क्रममा मंसिरको तुलनामा पुस महिनामा सतप्रतिशतले हकप्रद सहित सार्वजनिक निष्काशनमा म्युचुअल फण्डहरुले लगानी बढाएका छन् ।

 

एक महिनामा नाभ कति घट्यो ?

बजार बढ्दा स्वभाविक रुपमा बढ्ने फण्डहरुको प्रति ईकाई खुद मूल्य अहिलेको बजार गिरावटको शिकार बनेको छ । एनएमबी क्यापिटलका दुई वटा म्युचुअल फण्डको नाभ केही सकरात्मक बनेको देखिए पनि अरु फण्डहरुको नाभ एक महिनामा औषतमा एक प्रतिशत बढीले तल झरेको छ । एनआईबिएल प्रगति फण्ड र ग्लोबल आईएमई समुन्नत योजनाका इकाईको खुद मूल्य फेस भ्यालु भन्दा तल झर्दा अरु फण्डको खुद मूल्य पनि ओरालो लाग्ने क्रममा रहेको देखिन्छ ।

 

खुद सम्पत्ती पनि घट्यो

समग्र बजार घट्दाको असरका कारण म्युचुअल फण्डहरुको खुद सम्पत्तीमा पनि संकुचन आएको छ । औसतम अधिकांस म्युचुअल फण्डको खुद सम्पत्ती डेढ प्रतिशतले घट्दा बजार अझै घट्ला कि भन्ने चिन्ताले फण्ड व्यवस्थापकलाई सताउनु स्वभाविक हो ।

  

कसको कुल आय के भयो ?

सबै जसो म्युचुअल फण्ड कुल नोक्सानीको अवस्थामा रहँदा बजारको गिरावटले त्यसको मात्रा अझै बढेर गएको छ । लक्ष्मी भ्यलु फण्ड, एनएमबी हाइब्रिड फण्ड एल वान र एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड वानको कुल नाफा सकरात्मक छ । यद्यपी लक्ष्मीको भने मंसिर मसान्तको तुलनामा घटेको छ । बाँक िसबै फण्डको नोक्सान बढ्दो अवस्थामा रहेको तथ्यांकले देखाउँछ ।

 

कुन म्युचुअल फण्डसँग कुन कम्पनीको कति सेयर ?

म्युचुअल फण्डहरुको वित्तीय विबरणका आधारमा सबैभन्दा धेरै सेयर तथा इकाई एनआईबिएल समृद्धि फण्डसँग रहेको छ । समृद्धिसँग ३५ लाख २१ हजार छ सय ७८ किता सेयर तथा ईकाईहरु हुँदा सबैभन्दा थोरै सेयर किनेको फण्डमा एनएमबी हाइब्रिड फण्ड एल वान परेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।