सांग्रिलाले एक्वायर गरेको कसमसले खुद नाफा ११० प्रतिशतले बढाउँदा प्रतिशेयर आम्दानी कति पुग्यो ?

Feb 07, 2017 merolagani

कसमस डेभलपमेन्ट बैंक (CSDBL) ले चालु आर्थिक बर्षको अर्धबार्षिक अवधिमा एक करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक बर्षको यसैअवधिको भन्दा ११० प्रतिशत बढि हो । गत बर्ष बैंकले ५९ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो । । बैंकको ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि नाफा बढ्न सहयोग पुगेको हो ।

१० करोड ०६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोष समेत १०९.६४ प्रतिशतले बढाएर तीन करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । यसअवधिमा बैंकको निक्षेप ५१ करोड ११ लाख रुपैयाँ बाट बढेर ६४ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको कर्जा समेत ४३ करोड ७२ लाख रुपैयाँबाट बढेर ६० करोड ६२ लाख रुपैयाँ पुयाएकोे छ । यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ७८.३२ प्रतिशतले बढाएर दुई करोड ६४ लाख रुपैँया आर्जन गरेको छ । गत बर्षको यहि अवधिमा सञ्चालन नाफा ९३ लाख रहेकोमा अहिले एक करोड ९५ लाख रुपैँया पुगेको छ ।

बैंकको निष्क्रीय कर्जा अनुपात ०.७६ प्रतिशतबाट घटेर ०.०८ प्रतिशतमा झरेको छ भने दोस्रो त्रैमासमा प्रति शेयर आम्दानी वार्षिक २४ दशमलव ७० रुपैयाँ रहेको छ । मूल्य आम्दानीको अनुपात १७.३३ गुणा रहेको बैंकको प्रति शेयर नेटवर्थ वार्षिक १३४.१३ रुपैयाँ तथा पूँजीकोष अनुपात १९.८७ र तरलता अनुपात २६.३२ प्रतिशत रहेको छ ।

कसमस सँगै बुटवलमा मुख्य कार्यालय रहेको कम्युनिटी बैंकलाई  किनेर राष्ट्रिय स्तरको विकास बैंककै रुपमा रहन सांग्रिलाले  दुबैलाई एक्वायर गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।