मरिहत्ते गरेर भरेको समताको आईपीओको १० कित्ता सेयर कति जनाले पाए ?

Feb 15, 2017 Merolagani

समता माइक्रोफाइनान्सको आइपीओमा मरिहत्ते गरेर सेयर आवेदन गर्नेहरु मध्ये जम्मा १० प्रतिसत आवेदकले मात्र १० कित्ता सेयर पाएका छन् । बुधबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आफ्नै कार्यालयमा गरेको बाँडफाँडमा सबैलाई गोलाप्रथाबाट सेयर प्रदान गरिएको हो । कुल ८६ हजार दुई सय ३७ जनाले सेयर आवेदन गरेकोमा आठ हजार आठ सय ५६ जनाले १० कित्ताका दरले सेयर पाएका हुन् ।

जम्मा ९४ हजार आठ सय कित्ता मध्ये लघुवित्तले कर्मचारीलाई एक हजार आठ सय ९६ कित्ता तथा सामुहिक लगानी कोषलाई चार हजार सात सय ४० कित्ता सेयर छ्ट्याएर बाँकी रहेको ८८ हजार पाँच सय ६० कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो । घण्टौं लाइन लागेर सेयर आवेदन गरेका मध्ये ९० प्रतिशत आवेदकले सेयर नपाएका हुन् । सेयर बाँडफाँडको नतिजा केही बेरमा मेरोलगानीमा प्रकाशित गरिने छ ।

गत पुस १९ देखि २२ गतेसम्म निष्काशन भएको साधारण सेयरका लागि झण्डै दुई सय १५ गुणा बढी अर्थात एक अर्ब ८८ करोड ३१ लाख रुपैंयाको आवेदन परेको तियो । तरलता अभाव चरम बनिरहेका बेला धितोपत्र बोर्डले अरु कम्पनीहरुले निर्धारित समय अघि नै सेयर बाँडफाँड गर्न निर्देशन दिएको सन्दर्भमा बजारमा लघुवित्तको आईपीओमा फसेको उक्त रकम पनि फिर्ता आउने भएको हो ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्समा तीस जना संस्थापकहरुको दुई करोड दश लाख रुपैयाँ लगानी रहेको छ । माइक्रोफाइनान्सले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा गत भदौ पाँच गते आवेदन दिएर बोर्डबाट मंसिर २७ गते स्वीकृति पाएको थियो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको थियो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।