खानिखोला हाईड्रोले बिना लाभांश चैत २५ मा बोलायो साधारणसभा

Mar 17, 2017 merolagani

खानिखोला हाईड्रोपावर लिमिटेड (KKHC) का सेयरधनीले गत आर्थिक बर्षमा गरेको कमाईबाट कुने प्रतिफल नपाउने भएका छन् । कम्पनीले चैत २५ गते शुक्रबार बिना लाभांश कम्पनीको चौंथो बार्षिक साधारणसभा बोलाएको छ ।

चैत २५ मा हुने चौथो बार्षिक साधारणसभामा आर्थिक बर्ष २०७२/७३ को बार्षिक प्रतिवेदन,बासालत, नाफा नोक्सान, नगद प्रवाह, लेखापरिक्षक नियुक्ति, र साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव रहेका छन् ।

साधारणसभामा प्रयोजनका लागि कम्पनीले चैत १३ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । चैत १२ गतेसम्म कम्पनीको सेयरधनी बनेका लगानीकर्ताले साधारणसभामा भाग लिन पाउनेछन् । हाल कम्पनी नाफामा नगएकाले कम्पनी २०७४/०७५ सालमा गएर नाफामा जाने र लगानीकर्तालाई केही लाभांश बाड्नसक्ने अबस्थामा पुग्ने आँकलन गरिएको छ ।

आयोजनाले खानीखोलाबाट २ मेगावाट र टुंगुन ठोस्नेखोलाबाट ४.३६ मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना बनाएको छ ।

खानीखोला हाईड्रोको सेयर कारोबार खुला,केकेएचसि सिम्बोलमा कारोबार हुने

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।