प्राईम कमर्शियल बैंकले बिराटलक्ष्मी र कन्ट्रीलाई मिलाउँदा कति भयो स्वाप ?

Mar 29, 2017 Merolagani

राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
प्राईम कमर्शियल बैंक (PCBL) ले बिराटलक्ष्मी (BLDBL) र कन्ट्री डेभलपमेण्ट बैंक (CNDBL) लाई किन्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । आठ महिना पहिले तीन संस्थाले एक्विजिशन सम्झौता गरेकोमा हालै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो ।

सम्झौता अनुसार बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने निश्चित भएको छ ।

दुवै विकास बैंक प्राइममा विलय भए पश्चात बैशाख तेस्रो साताबाट संयुक्त वित्तीय कारोबार सुरु गर्ने भएका छन् । एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ५२ पुग्ने बैंकले जनाएको छ ।

तीन वटै संस्थाले बितरण गरेको बोनस सहित अब बन्ने प्राइम बैंकको चुक्ता पूँजी छ अर्ब ३२ करोड रुपैंया पुगेको छ । बाँकी एक अर्ब ६८ करोड रुपैंया पूँजी बैंकले चालु आर्थिक वर्षको कमाई, स्वापबाट बचेको रकम र अन्य स्रोतबाट बोनस सेयर जारी गरी आठ अर्ब पूँजी पुर्याउने लक्ष्य लिइएको छ । गत आर्थिक वर्षमा प्राइमले १७ दशमलव २५ प्रतिशत, बिराटलक्ष्मीले १८ दशमलव ५० प्रतिशत र कन्ट्री डेभलपमेण्ट बैंकले आठ दशमलव ४५ प्रतिशत बोनस सेयर बितरण गरेका थिए ।

                               ...[प्राईम बैंकले पनि देखायो प्रगतिको राम्रो संकेत]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।