राष्ट्रिय बीमा कम्पनीको तीन आर्थिक वर्षको बोनस सुरक्षित गर्ने अन्तिम दिन

Apr 20, 2017 Merolagani

सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले प्रस्ताव गरेको तीन आर्थिक वर्षको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि शुक्रबारदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । बैशाख २२ गते हुने कम्पनीको साधारण सभाले तीन आर्थिक वर्षको मात्रै बोनस बितरणको प्रस्ताव पारित गर्दैछ ।

कम्पनीले २०६१ सालदेखि २०६३ सालसम्मको तीन आर्थिक वर्षको बित्तीय बिबरणहरु पारित गर्ने गरी बैसाख २२ गते जावलाखेलमा २९ औं बार्षिक साधारणसभा आब्हान गरेको छ ।

बीमा कम्पनीले आर्थिक वर्ष २०६०।०६१ का लागि चुक्ताँपूँजीको ३७ प्रतिशत , २०६१।०६२ का लागि ५१ प्रतिशत र २०६२।०६३ का लागि २७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता किताब भोलि अर्थात बैसाख ८ गते बन्द हुने भएको छ । आज अर्थात बैशाख ७ गतेसम्म कम्पनीको सेयर किनेका लगानीकर्ताले मात्र प्रस्तावित बोनस पाउनेछन ।

साधारणसभाले सर्बसाधारण सेयरधनीका तर्फबाट एक जना संचालकको पनि निर्बाचन गर्नेछ । साथै कम्पनीले आर्थिक बर्ष ६३।६४ देखि आर्थिक बर्ष ०६८।०६९ को लोखापरिक्षण सम्पन्न गर्न लेखापरीक्षक नियुक्त गर्ने र उनीहरुको पारिश्रमिक अनुमोदन गर्ने भएको छ ।

बीमा समितिले निर्जिवन बीमाको एक अर्ब र जीवन बीमाको दुई अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने भएको छ । जस अनुसार बीमा कम्पनीले एक अर्ब पुर्याउनुपर्नेछ । बीमा कम्पनीको १२ करोड चुक्ता पुँजी रहेको छ । बीमा कम्पनीको जगेडा कोषमा एक अर्ब ९४ करोड र बीमा कोषमा एक अर्ब ८ करोड रहेको छ ।

बिहीबार बजार बन्द हुन एक घण्टा समय बाँकी रहँदा कम्पनीको प्रतिकित्ता सेयर २१ हजार नौ सय ५० रुपैंयामा किनबेच भैरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।