झापाको बुधबारे पुग्यो सनराइज बैंक

Apr 23, 2017 Merolagani

सन्राइज बैंकले झापाको बुद्घशान्ति गा.वि.स., वडा नं–३ स्थित बुधबारेमा नयाँ शाखा स्थापना गरेको छ । एक कार्यक्रमका बिच नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितीमा उद्योग वाणिज्य संघ बुधबारेका अध्यक्ष गोविन्द पौडेल र बैंकका नायव महाप्रबन्धक रविन नेपालले संयुक्त रूपमा गरे ।

बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु बुधबारे तथा आसपासका क्षेत्रहरुका ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले उक्त शाखा स्थापना गरेकोे विज्ञप्तीमा उल्लेख छ । बिस्तारित शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ । नयाँ शाखा उद्घाटनको अवसर पारेर बैंकले एक महिनाको लागि लकरको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

अहिले सन्राइज बैंकले मुलुकभर ६९ वटा शाखा र ७८ वटा एटिएमद्वारा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा विभिन्न स्थानमा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । बैंकले निकट भविष्यमा काठमाण्डौंको कालिकास्थान (घट्टेकुलो)े, सुर्खेतको विरेन्द्रनगर तथा मकवानपुरको हेटौडामा शाखा स्थापना गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।