सोमबार बोनस सेयर सूचिकृत गराउने कम्पनी शाइन रेशुङ्गा डेभलपमेण्ट बैङ्कले २३ लाख ४४ हजार ७३२ कित्ता र स्वावलम्बन लघुवित्तले १० लाख ६६ हजार ९ सय ५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । सूचिकरणसँगै दुबै बैंकका सेयरधनीले अब बोनस सेयर डिम्याट खातामा जम्मा भए पछि किनबेच गर्न सक्नेछन् ।
त्यस्तै सोमबार नै कसमस डेभलपमेण्ट बैङ्क र साहारा विकास बैङ्कले सेयर संरचना परिवर्तन गरेका छन् । परिवर्तन पछि दबै विकास बैंकको संस्थापक सेयर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको अनुपात ४९ प्रतिशत (५१ः४९) कायम भएको छ ।
कसमसले एक लाख एक हजार दुई सय ४८ दशमलव ८७५ कित्ता सेयर र साहाराले एक लाख ३८ हजार ६ सय ९० कित्ता संस्थापक शेयर सर्वसाधारण सेयरमा परिवर्तन गरेका नेप्सेले जनाएको छ ।