सनराईज बैंकले तोक्यो ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुकक्लोज मिति

May 06, 2017 merolagani

सनराइज बैंक (SRBL) ले ३० प्रतिशत हकप्रद बिक्री गर्न बुक क्लोज मिति तोकेको छ । बैंकले हकप्रदका लागि बैशाख ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सूचना प्रकाशन गरेको हो । यसअनुसार बैंकको हकप्रद प्राप्त गर्न बैशाख २९ गतेसम्म सेयर किनेर बैंकको सेयरधनी कायम भएको हुनपर्नेछ ।

बैंकले एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागेको हो ।

बैंकको अहिले चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको छ । ३० प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ ।

बैंकले यसअघि हकप्रद निश्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई तोके पनि हाल आएर आफ्नै स्वामित्व रहेको एनसीएम मर्चेन्ट क्यापिटल मार्फत हकप्रद बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउन बैंकले चालु आर्थिक वर्षको कमाईबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नु पर्ने देखिन्छ ।

सनराईज बैंकले खुद नाफा ४८ प्रतिशत बढाउनुको के हो रहस्य ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।