मैलुङ जलविद्युत र रैराङ हाइड्रोपावरले पाए आइपीओ जारी गर्ने अनुमति

May 07, 2017 merolagani

मैलुङ जलविद्युत कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने अनुमति पाएका छन । नेपाल धितोपत्र बोर्डले यी दुवै कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

मैलुङ जलविद्युतले रसुवाबासी तथा रैराङ हाइड्रोपावर ताप्लेजुङबासीका लागि साधारण सेयर जारी गर्ने भएका हुन ।

मैलुङ जलविद्युतले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ३ करोड ६८ लाख रुपैयाँ बराबरको ३ लाख ६८ हजार १४३ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पनि स्थानीय बासिन्दाका लागि ५ करोड ६० लाख बराबरको ५ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ ।

कम्पनीले स्थानीयबासीलाई सेयर बिक्री गरेपछि ८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

सेयर बिक्री तथा निष्काशनका लागि कम्पनीले एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

 

...मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। ...

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।