सिनर्जी पावर र फरवार्ड कम्युनिटीको कतिमा खुल्यो सेयर कारोबार ?

May 16, 2017 merolagani

मंगलबार नेप्सेमा दुई कम्पनीको पहिलो पटक सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सको सेयर कारोबार खुलेको हो । यसै बर्ष आईपीओ निष्कासन गरेका यी दुवै कम्पनीले गत हप्ता मात्रै नेप्सेमा सेयर सूचिकरण गराएका थिए ।

नेप्सेका अनुसार सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको एसपीडिएल (SPDL) र फरवार्ड कम्युनिटी एफओडब्लुएडि (FOWAD)  कोडमा कारोबार हुनेछ । 

सिनर्जीको पहिलो कारोबारका लागि सेयरमूल्य प्रतिकित्ता न्यूनत्म ७८ रुपैयाँ र अधिकत्म प्रतिकित्ता २३४ रुपैयाँ तोकिएको छ । त्यस्तै फरवार्ड कम्युनिटीको पहिलो कारोबार मूल्य ३५० रुपैयाँदेखि १०५१ रुपैयाँ तोकिएको छ ।

सिर्नीले २१ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो । सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर निर्माण गरिरहेको छ ।

फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सले ६ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।