प्रभु क्यापिटलको के के छन् विशेष साधारणसभाको एजेण्डा ?

May 19, 2017 merolagani

प्रभु क्यापिटल लिमिटेडले जेठ २० गते शनिबार बिशेष साधारणसभा बोलाएको छ । क्यापिटलले मुख्य रुपमा चुक्ता पूँजीलाई दुई सय प्रतिशत वृद्धि गर्ने एजेण्डा अगाडि सारेको छ ।

प्रभु क्यापिटलले पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकको चुक्ता पूँजी बढाउने नयाँ निर्देशन जारी गर्ने तयारीमा रहेको बेला कम्पनीले अधिकृत,जारी तथा चुक्ता पूँजी बढाउन लागेको हो ।

हाल सात करोड रुपैयाँ रहेको चुक्ता पूँजीलाई एक बराबर दुई अनुपातमा हकप्रद सेयर जारी गरि २१ करोड रुपैयाँ पुर्याउने प्रस्ताव साधारणसभामा लैजादैछ ।

कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गरी ३० करोड रुपैयाँ पुर्याउने र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि विशेष साधारण सभामा लैजादैछ । विशेष साधारणसभामा जेठ १८ गतेसम्म कायम रहेका सेयरधनीले सहभागि हुन पाउनेछन् ।

 

 

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।