मैलुङ खोला जलविद्युतले जेठ १७ गतेदेखि तीन लाख ६८ हजार कित्ता आईपीओ जारी गर्ने

May 22, 2017 merolagani

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ १७ गतेदेखि तीन करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा (रसुवा) का लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार १४३ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये एक लाख ८४ हजार ७२ कित्ता आयोजना संरचना रहने र आयोजनाबाट अति प्रभावित हुने क्षेत्र तीन गाविस हाकु, डाँडागाउँ र राम्चे गाविसका लागि बासीन्दाका लागि तथा एक लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाहरुको लागि निष्काशन गर्न लागेको हो । 

रसुवाबासीले कम्पनीको आईपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम एक हजार आठ सय ४० कित्तासम्मको लागि जेठ १७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका साथै जनता बैंक लिमिटेड धुन्चे, प्रभु बैंक स्याप्रुबेसी, आईसीएफसी फाईनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावति, र मैलुङ खोला जलविद्युत कम्पनी डाँडागाउँबाट समेत आवेदन फारम पाउन र बुझाउन सकिनेछ ।

कम्पनीले सेयर निष्काशनको लागि गत असोज ७ गते नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेकोमा बैशाख २४ गते अनुमति पाएको हो । मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बेच्न लागेको हो । बाँकी २० प्रतिशत सर्वसाधारण र कर्मचारीका लागि भने कम्पनीले स्थानियका लागि निष्काशन गरेको सेयर बाँडफाँडपछि आईपीओ बिक्री खुला गर्नेछ ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत सेयर स्वामित्व रहने संरचना रहेको छ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भईसकेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।