ग्लोबल आईएमई क्यापिटलले एक अर्ब २० करोडको अर्को सामुहिक लगानी कोष ल्याउने, धितोपत्र बोर्डमा दियो आवेदन

May 23, 2017 Merolagani

ग्लोबल आईएमई क्यापिटलले एक अर्ब २० करोड रुपैयाँको सामुहिक लगानीकोष ल्याउने भएको छ । कम्पनीले दश रुपैयाँ अंकित दरको एक करोड २० लाख कित्ता ईकाईको सामुहिक लगानी कोषको ईकाई विक्रीका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

यसअघि एक अर्ब रुपैंयाको सामुहिक लगानी कोष ग्लोबल आइएमई समुुन्नति योजना १ जारी गरेको ग्लोबल आईएमई क्यापिटलले दोस्रो योजना ल्याउन लागेको हो । उसले सात बर्षे बन्दमुखी ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को एक करोड २० लाख ईकाई निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

सिद्धार्थ क्यापिटलले यसअघि नै एक करोड २० लाख कित्ता ईकाईको जारी गर्न अनुमति मागेपनि पाएको छैन । अब ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले समेत एक करोड २० लाख कित्ता ईकाईको अनुमति माग गरेपछि दुई अर्ब ४० करोडको ईकाईमा लगानी गर्ने अवसर लगानीकर्तालाई प्राप्त हुने भएको छ ।

नेपालमा हालसम्म दश वटा म्युुचुुअल फण्डहरु संचालनमा रहेका छन । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम, लक्ष्मी भ्यालु फण्ड,नवील ब्यालेन्स फण्ड १, एनआइबिएल समृद्धि फण्ड,एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड, ग्लोबल आइएमई समुुन्नति स्कीम, एनएमबी हाइब्रिड फण्ड १ र नवील इक्वीटी फण्ड संचालनमा रहेका छन् ।

सेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्थालगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन ।

बर्षेनी ईकाईधनीले लाभांश पाउनुकासाथै अवधि समाप्त भएपछि जम्मा प्रतिफलसहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ । पछिल्लो समयमा सेयरबजारका लगानीकर्ताको आर्कषण यस्ता सामुहिक कोषहरुमा बढ्दै गएको देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।