कुमारी बैंकको ५६ लाख ८० हजार तीन सय ९१ कित्ता बोनस सेयर सूचिकृत भएको छ भने कामना विकास बैंकले १४ लाख २७ हजार सात सय ४३ दशमलव ३० कित्ता बोनस सेयर सूचिकृत गराएको हो ।
मिथिला लघुवित्तको ६४ हजार पाँच सय एक दशमलव २० कित्ता र रुरल माईक्रोफाइनान्स कम्पनीको ६ लाख २९ हजार दुई सय कित्ता बोनस सेयर पनि यसै साता सूचिकृत भएको छ । त्यसैगरि एशियन लाईफ इन्स्योरेन्स कम्पनीले १३ लाख ४२ हजार ६ सय ५५ दशमलव ४० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
बारा जिल्लामा केन्द्रिय कार्यालय रहेको समता माईक्रोफाईनान्सले पुस १९ देखि २३ गतेसम्म निष्काशन गरी बाँडफाँड गरेको ९४ हजार आठ सय कित्ता साधारण सेयर र दुई लाख २१ ह्जार दुई सय कित्ता संस्थापक सेयर गरी तीन लाख १६ हजार कित्ता सेयर सूचिकृत गराएको हो ।
त्यसैगरि यसै साता काक्रेविहार विकास बैंक र युनाईटेड फाईनान्सले संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गर्न संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गरेका छन् ।
काक्रेविहार विकास बैंकले ६५ हजार २१६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गरेको छ भने छ लाख तीन हजार चार सय २४ दशमलव ९० कित्ता संस्थापक सेयरलाई युनाईटेड फाईनान्सले साधारण सेयरमा रुपान्तरण गरेको छ । रुपान्तरण पछि दुबै कम्पनीको संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर अनुपात ४९ प्रतिशत कायम भएको छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।