जग्गा कारोबारीहरु रोशन बोगटी र सुरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिएका छन ।
पीडितले आफूहरूले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी रु ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा।४५ प ४५२५ नम्बरको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् ।
जग्गाको कारोबारका लागि आफूहरूले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन । लुटेराको खोजी कार्यलाई तीब्र पारिएको प्रहरीले जानकारी दिएको छ ।