क्यापिटलका अनुसार ५० हजार रुपैयाँसम्म आवेदन गर्ने साना लगानीकर्ताले शतप्रति अर्थात मागेजति सबै इकाई पाएका छन भने ५० हजार भन्दा बढीको आवेदन गर्नेले समानुपातिक रुपमा मागको ५८ प्रतिशतका दरले इकाई पाएका छन ।
जस अनुसार ५० हजार रुपैयाँ अर्थात् ५ हजार इकाईको लागि आवेदन दिने सबै लगानीकर्ताले माग अनुसार कै इकाई पाएका छन् । त्यस्तै ५० हजार भन्दा बढी अर्थात् ५ हजार इकाई भन्दा बढीको लागि आवेदन दिनेले समानुपातिक आधारमा मागको ५८ प्रतिशत इकाई हात पारेका छन् ।
कुल ९ हजर ५ सय ३० जनाले आवेदन दिएकोमा सबै आवेदन सदर भएर सबैले इकाई प्राप्त गरेको क्यापिटलले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिएका थिए ।
निष्काशन भएको कुल इकाई मध्ये १५ प्रतिशत लक्ष्मी क्यापिटल र लक्ष्मी बैंकको छुट्याइएको थियो ।
लक्ष्मी ईक्विटी फण्डका इकाईहरु बैशाख २२ गतेदेखि २६ गतेसम्म निष्काशन भएका थिए । सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० इकाईदेखि एक करोड ईकाईसम्मका लागि आबेदन गर्न सक्ने व्यवस्था गरिएको थियो ।
लक्ष्मी क्यापिटलले ईकाई बिक्रीबाट प्राप्त हुने अधिकांश रकम सेयर बजारमै परिचालन गर्नेछ । यस्ता कोषहरुको उपस्थितिबाट नेपालको सेयर बजारलाई स्थायित्वमा आड मिलेको छ ।