मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको उक्त सेयरमध्ये एक लाख ८४ हजार ७२ कित्ता आयोजना संरचना रहने र आयोजनाबाट अति प्रभावित हुने क्षेत्र तीन गाविस हाकु, डाँडागाउँ र राम्चे गाविसका लागि बासीन्दाका लागि छुट्याइएको छ । साथै एक लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाहरुको लागि निष्काशन गरिएको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका साथै जनता बैंक लिमिटेड धुन्चे, प्रभु बैंक स्याप्रुबेसी, आईसीएफसी फाईनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावति, र मैलुङ खोला जलविद्युत कम्पनी डाँडागाउँबाट समेत आवेदन फारम पाउन र बुझाउन सकिनेछ ।
मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बिक्री गरेको हो । बाँकी २० प्रतिशत सेयर केही समय पश्चात सर्वसाधारण र कर्मचारीका निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
उता माउन्ट कैलाश इनर्जीले २२ लाख ५० हजार कित्ता साधारण सेयर शेयर निष्काशन गर्ने भएको छ । साधारण सेयर निष्काशनका लागि कम्पनीले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धमा दुई संस्थाका बिचमा सम्झौता भएको छ ।
इनर्जीले मुस्ताङ जिल्लाको टुकुचे गाविसमा १३ दशमलव ६ मेगावाटको थापा खोला जलविद्युत आयोजना निमार्ण गर्न लागेको छ ।
३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ जारी पूँजी रहेको कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक समुहको रहेको छ । स्थानीयका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत छुट्याएको कम्पनीले संस्थापकतर्फको ७० प्रतिशतले हुने २५ करोड ७७ लाख रुपैयाँ पूँजी चुक्ता गरिसकेको छ । स्थानीय र सर्वसाधारणको गरी ३० प्रतिशत सेयर निष्काशनका लागि कम्पनीले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।