क्यापिटलले दिएको जानकारी अनुसार आस्बा प्रणालीबाट मात्र कम्पनीको सेयरमा दुई अर्ब ९५ करोड ११ लाख २९ हजार रुपैंयाको सेयर आवेदन परेको छ । यसरी हेर्दा साधारण प्रकृयाबाट झण्डै ८५ करोड रुपैंयाको मात्र सेयर आवेदन परेको छ ।
आवेदन संख्याका आधारमा पनि आस्बाट ४३ हजार आठ सय आवेदन परेको छ भने सामान्य प्रकृयाबाट झण्डै २१ हजार वटा मात्र आवेदन परेको छ ।
धितोपत्र बोर्डका अनुसार नयाँ निर्देशिका अनुसार नै हिमालयन पावरको सेयर बाँडफाँड हुनेछ । सेयर निष्काशन बन्द भएको मितिले कम्तीमा ३० दिनमा बाँडफाँड गर्दा साउन पहिलो साता पुग्ने भन्दै बोर्डले नयाँ निर्देशिका अनुसार सेयर बाँडफाँड हुने प्रष्ट पारेको हो ।
बोर्डका सहायक प्रवक्त निरञ्जय घिमिरेले मेरोलगानीसँगको कुराकानीमा भने, ‘नयाँ निर्देशिका अनुसार सेयर बाँडफाँड हुने पक्का हो । साउन १ गतेभन्दा पछाडि बाँडफाँड हुने सबै सेयरमा नयाँ निर्देशिका लागु हुन्छ ढुक्क हुनुहोस् , यसमा कुनै शंका गर्नु पर्ने ठाउँ छैन ।’