कम्पनीको साधारण सेयरमा एक लाख ८ हजार ५८० जनाले आस्बा प्रणाली मार्फत ६ अर्ब २७ करोड ९८ लाख १४ हजार छ सय रुपैयाँ बराबरको आवेदन गरेका छन् । त्यस्तै परम्परागत प्रणालीबाट ५१ हजार १२७ जनाको आवेदनबाट एक अर्ब ९२ करोड ८४ लाख ९२ हजार नौं सय रुपैयाँ बराबरको आवेदन परेको छ ।
क्यापिटलका अनुसार यो तथ्याङ्क प्रारम्भिक मात्र हो । केही बैंक तथा वित्तिय संस्थाहरुबाट आस्बाको विवरण आउन बाँकी रहेको क्यापिटलले जनाएको छ । उक्त विवरण आएपछि सेयर आवेदनको विवरण परिमार्जन हुने पनि क्यापिटलले प्रष्ट पारेको छ ।
कम्पनीको साधारण सेयरमा आवेदन गर्नेको संख्या दुई लाख ननाघ्ने भएपछि ३० दिनमा सेयर बाँडफाँड हुने पक्का भएको छ । जस अनुसार आगामी साउन ४ गते सेयर बाँडफाँड गरिने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । साउनमा सेयर बाँडफाँड गर्दा नयाँ निर्देशिका लागू हुने पनि क्यापिटलले जनाएको छ ।
यसअघि नेपाल धितोपत्र बोर्डले पनि असार मसान्तपछि सेयर बाँडफाँड गर्दा नयाँ निर्देशिका लागू हुने प्रष्ट पारेको थियो ।
हिमालयन पावर पार्टनरको आईपीओ १० कित्ताका दरले बाँडफाँड होला कि नहोला ?
सबैले यसरी पाउछन् १२ कित्ता सेयर
२१ लाख ३० हजार ८३४ कित्ता आइपीओमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र एक लाख ६ हजार ५४२ कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ । कम्पनीका कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको १९ लाख ८१ हजार ६७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।
प्रारम्भिक तथ्याङ्क अनुसार एक लाख ५९ हजार ७०७ जना आवेदक रहेकोमा पहिलो चरणमा १० कित्ताको दरले अनिबार्य रुपमा सबै आवेदकलाई सेयर बाँडफाँड गरिनेछ । यसरी सेयर बाँड्दा झण्डै १६ लाख कित्ता सेयर सकिन्छ ।
बाँकी रहने पौने चार लाख कित्ता सेयर फेरी एक लाख ५९ हजार बढी आवेदकलाई दामासहिले बाँड्दा २ कित्ता थप सेयर पाउने छन् । यसरी हेर्दा हिमालयन पावरका साधारण सेयरधनीले बढीमा १२ कित्ता सेयर पाउने देखिन्छ । नयाँ निर्देशिका लागु भए पछि हिमालयन पावरको साधारण सेयर पहिलो पटक बाँडफाँड हुन लागेको हो ।
हाल हिमालयन पावरको जारी पुँजी एक अर्ब छ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि जारी पुँजीको १० प्रतिशत सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरिसकोे छ ।