छ्याङ्दी हाइड्रोपावरको आईपीओ नपरेको पैसा कुन कुन १७ बैंकमा सोझै जान्छ ?

Jul 05, 2017 merolagani

छ्याङ्दी हाइड्रोपावरको साधारण सेयर आइपीओ बाँडफाँडमा नपरेको रकम ग्लोबल आईएमई क्यापिटलले बुधबारबाट फिर्ता गर्न सुरु गरेको छ । क्यापिटलले १७ बैंकमा खाता रहेको लगानीकर्तालाई सोझै आईपीओ फारममा उल्लेख गरिएको खातामा रकमान्तर गर्नेछ भने अन्यले आवेदन गरेको केन्द्रबाट रकम भुक्तानी लिन सकिने जनाएको छ । 

छ्याङ्दी हाइड्रोपावरको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले १६ बाणिज्य बैंक तथा एस डेभलपमेन्ट बैंकका लगानीकर्ता खातामा नै फिर्ता गर्नेछ ।

अन्य बैंक तथा वित्तीय संस्थामा खाता रहेका लगानीकर्तालाई भने क्यापिटलले बुधबारबाट आईपीओ बुझाएको केन्द्रमार्फत बाँडफाँड पत्र र रकम फिर्ता भुक्तानी पुर्जा वितरण थालेको हो । 

रकम संकलन गर्दा आउँदा साधारण सेयर आवेदन गरेको अर्धकट्टी र नागरिकताको प्रतिलिपि लिएर आउन क्यापिटलले सूचित गरेको छ ।

तल उल्लेखित १७ बैंकहरुमा भने क्यापिटलले क्लियरिङ्ग हाउसको. आईपीएस प्रणालीमार्फत रकम फिर्ता गर्ने भएको हो ।

 

 

छ्याङ्दीले जेठ १४ गतेदेखि १८ गतेसम्म निष्काशन खुला गरेको पाँच लाख ४० हजार कित्ता आइपीओ गत शनिबार बाँडफाँड गरेको थियो । जसमा ७१० कित्तासम्म आवेदन गर्नेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको थियो । अन्य लगानीकतालाई समानुपातिक रुपमा १ दशमलव २५ प्रतिशतका दरले सेयर वितरण गरिएको थियो । आईपीओमा अधिकतम २७ सय कित्ता आवेदन गर्ने लगानीकर्ताले ३४ कित्ता सेयर पाएका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।