कसमसलाई गाभेर संग्रिलाले सुरु गर्यो एकीकृत कारोबार, यसरी पुर्याउँदैछ पूँजी

Jul 14, 2017 Merolagani

सांग्रिला डेभलपमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंकलाई आफुमा विलय गरेर एकीकृत कारोबार सुरु गरेको छ । बैंकले औपचारिक कार्यक्रम नगरी शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरिएको जनाएको हो ।

विलय पछि कसमसको नाम हटेको छ भने साविकको सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडकै नामबाट वित्तीय सेवा प्रदान गर्ने बताइएको छ । एक बराबर एक अनुपातको सेयर स्वापमा कसमसलाई सांग्रिलाले आफुमा विलय गरेको हो ।

गत जेठ १९ मा दुवै बैंकले विशेष साधारण सभाबाट विलय प्रस्ताव पारित गरे पछि राष्ट्र बैंकले असार २० गते अन्तिम स्वीकृति दिएको थियो । कसमस सांग्रिलामा विलय भए पछि चुक्ता पूँजी एक अर्ब ३५ करोड ८४ लाख ७४ हजार रुपैंया पुगेको छ । यस अघि नै साधारण सभाबाट सांग्रिलाले विलय पश्चात बन्ने पूँजीको ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हकप्रद पछि बैंकको चुक्ता पूँजी दुई अर्ब ४४ करोड रुपैंया पुग्नेछ । राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउन बैंकले आफ्नो कमाईबाट सात करोड रुपैंया बराबरको बोनस मात्र वितरण गर्दा पुग्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।