सीईडिबी हाइड्रो र सामुदायिक लघुवित्तले मागे आईपिओ जारी गर्ने अनुमति

Jul 16, 2017 merolagani

सीईडिबी हाइड्रोपावर फण्ड लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेका छन । दुई संस्थाले करिब २५ करोड ९० लाख बराबरको आइपिओ जारी गर्ने अनुमति मागेका छन ।



सीईडीबी हाइड्रोपावरले २२ करोड ८९ लाख रुपैयाँ बराबरको २२ लाख ८९ हजार तीन सय कित्ता आइपिओ जारी गर्ने अनुमति माग गरेको छ । संस्थाले आयोजना प्रभावितका ५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर तथा सर्वसाधरणका लािग १७ करोड ६१ लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्नेछ ।

कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यस कम्पनीद्धारा प्रवद्धित ३ वटा जलविद्युत आयोजनाहरु राधी जलविद्युत आयोजना (४.४ मेगावाट), साङ्गे जलविद्युत आयोजना (१८३ किलोवाट) र खुदि जलद्यिुत आयोजना (४ मेगावाट) संचालनमा रहेका छन् ।

निर्माणाधिन आयोजनाहरुमा दोर्दी खोला जलविद्युत आयोजना (१०.३ मेगावाट) लमजुङ्ग जिल्ला, रुकुम गाड जलविद्युत आयोजना (५ मेगावाट) रुकुम जिल्ला र तल्लो खरे खोला जलविद्युत आयोजना (११ मेगावाट) दोलखा जिल्लामा रहेका छन् ।यसै गरी कसुवा खोला जलविद्युत आयोजना (४५ मेगावाट) को अध्ययन कार्य गरिरहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति मागेको छ ।

जसका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको । संस्थाका अहिले ३२ वटा शाखा रहेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।