हिमालयन पावरको आइपिओ बुधबार बाँडफाँड हुँदै

Jul 18, 2017 merolagani

हिमालयन पावर पार्टनर कम्पनीले निष्काशन गरेको २१ लाख ३० हजार कित्ता साधारण सेयरको बाँडफाँड बुधबार हुने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले नयाँ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार सबैले दश कित्ता पाउने गरी बाँडफाँड गर्ने जनाएको छ ।

 

कम्पनीले निष्कासन गरेको कुल २१ लाख ३० हजार ८३४ कित्ता सेयरमध्ये १९ लाख ८१ हजार ६७५ कित्ता सेयर मात्र सर्वसाधरणलाई बाँडफाँड हुनेछ । कम्पनीले कर्मचारी र सामुहिक लगानीकोषलाई एक लाख छ हजार ५४२ कित्ता सेयर छुट्याएको थियो ।

सर्वसाधरणका लागि जारी गरेको सेयरमा सामान्य तथा आश्वा प्रकृयाबाट कुल एक लाख ६३ हजार ३४७ वटा आवेदन परेको क्यापिटलले जनाएको छ । यसैको आधारमा आवेदन सदर भएका सबैले अनिवार्य दश कित्ता सेयर पाउने छन् ।

सबै आवेदकलाई दश कित्ता सेयर वितरण गरेर बचेको सेयर भने गोलाप्रथाको आधारमा थप दश कित्ताका दरले वितरण गरिनेछ । यसो हुँदा भाग्यमानी आवेदकहरुले २० कित्तासम्म सेयर पाउने देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।