हिमालयन पावरको आईपीओ नपरेको रकम खातामै पाउने यी हुन् २९ बैंक तथा वित्तीय संस्था

Jul 22, 2017 merolagani

हिमालयन पावर पार्टनरको साधारण सेयर (आइपीओ) नपरेको रकम साउन ८ गते आईतबारदेखि फिर्ता हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटले २९ बैंक तथा वित्तीय संस्थामा नेपाल क्लियरिङ हाउसको आईपीएस प्रणाली माार्फत सिधै आवेदकको बैंक खातामा रकम फिर्ता गर्ने जनाएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटले निम्नलिखित २३ वाणिज्य बैंक, दुई विकास बैंक, चार फाईनान्स कम्पनीका आईपीओ आवेदकले खातामा नै रकम पाउने जनाएको छ । उल्लेखित बैंक तथा वित्तीय संस्थाबाहेक अन्यमा खाता रहेका आवेदक तथा उपत्यका बाहिरका आवेदकको हकमा आवेदन संकलन बुझाएको स्थानबाट रकम फिर्ता हुने क्यापिटलले जनाएको छ ।

नेपाल क्लियरिङ हाउसको सदस्य रहेका बैंकमा खाता हुने आवेदकले साउन १६ गतेसम्म खातामा रकमान्तर नभए क्यापिटले कार्यालय जमलबाट एकाउन्टपेयी चेकमार्फत फिर्ता गर्ने बताएको छ । आफै उपस्थित हुन नसक्ने आवेदकले आईपीओ भरेको अर्धकट्टीको पछाडी मञ्जुरीनामा साथै आधिकारीक परिचयपत्रका साथ उपस्थित हुन क्यापिटलले सूचना जारी गरेको हो ।

हिमालयनको आईपीओ बाँडफाँड पहिलो पटक धितोपत्र बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको हो । जसमा एक लाख २९ हजार ३०२ जनाले १० कित्ता, ३४ हजार ४३० जनाले गोलाप्रथाबाट थप १० कित्ता गरी २० कित्ता र ५ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए । हिमालयन पावरको आइपीओ बाँडफाँड साउन ४ गते भएको हो ।
कम्पनीको २१ लाख ३० हजार ४३० कित्ता सेयरमध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो । साधारण सेयरका लागि कुल एक लाख ६३ हजार ७३७ जनाले सेयर प्राप्त गरेका थिए भने गलत आवेदनका कारण १२ सय ६४ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

सर्वसाधारणका लागि आइपिओ निष्काशन तथा वितरण पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।