डिम्याट खाता नबिकरण गर्नेलाई ग्लोबल आईएमई क्यापिटलले एक लाखको बीमा गरिदिने

Jul 24, 2017 Merolagani

- नयाँ खाता खोल्नेले पनि पाउने
ग्लोबल आईएमई क्यापिटलले आफ्नोमा डिम्याट खोल्ने लगानीकर्ताको निशुल्क बीमा गरिदिने भएको छ । क्यापिटलको नेटवर्कमा डिम्याट खाता खोल्ने लगानीकर्तालाई एक लाख रुपैंया बराबरको सामुहिक दुर्घटना बीमा गरिदिने क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार साउन आठ गतेबाट क्यापिटल तथा ग्लोबल आईएमई बैंकमा डिम्याट खाता खाल्नेले यस्तो सुविधा पाउने छन् । साउन ३१ गते भित्रमा डिम्याट खाता नविकरण गर्ने लगानीकर्ताले पनि यो सुविधा पाउने क्यापिटलले जनाएको छ । साउन ३१ पछिको हकमा भने सिडिएससीको मेरो सेयर समेत प्रयोग गर्दै डिम्याट खाता नविकरण गराउनेहरुले यो सुविधा पाउने छन् ।

क्यापिटलले अनलाइनबाट डिम्याट खाता खोल्ने व्यवस्था यस अघि नै मिलाई सकेको छ । अनलाइनमा डिम्याट खाता खोल्नका लागि आवश्यक विबरण भरे पछि डिम्याट खाता खोलिएको जानकारी क्यापिटलले गराउँछ । उक्त समयमा भने क्यापिटलमा सम्झैतामा हस्ताक्षर गर्नका लागि एक पटक खातावाहक उपस्थित हुन पर्छ ।

ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्टबाट सिधै डिम्याट खाताको नविकरण सुल्क बुझाउन सकिने क्यापिटलले जनाएको छ । यसका साथै ग्लोबल आईएमई बैंकको अनलाइन बैंकिंगका साथै इसेवाको फाइनान्सियल सर्भिस सेगमेण्टबाट पनि डिम्याट खाता नबिकरण गर्न सकिने छ ।

यो लिंकमा गएर डिम्याट खाता खोल्न तथा नबिकरण गर्न सकिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।