सिनर्जीले यसअवधिमा विद्युत बिक्रीबाट २१ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा भूकम्पका कारण कम्पनीले विद्युत बिक्रीबाट जम्मा तीन करोड तीन लाख रूपैयाँ कमाएकाे थियाे ।
गत आर्थिक वर्षमा कम्पनीकाे कुल आम्दानी २१ करोड ४५ लाख रुपैयाँमा झरेको छ । अार्थिक बर्ष २०७१/७२ मा कम्पनीकाे कुल आम्दानी २२ कराेड ८४ लाख रूपैयाँ रहेकाे थियाे । प्रशासनिक तथा पावर प्लान्ट खर्च बढेको कम्पनीको व्याज खर्च तथा डिप्रिसिएसन चार्ज भने केही घटेको छ ।
अघिल्लाे आर्थिक वर्षमा भूकम्पका कारण अायाेजना मर्मत सम्भारमा गर्न १० करोड ६० लाख खर्चिएको कम्पनीले गत आर्थिक वर्षमा एक करोड ३३ लाख रुपैंया मात्र मर्मत खर्च गरेको छ ।
जसका कारण उसको अघिल्लो आर्थिक वर्षको छ करोड ४५ लाख ९२ हजार रुपैंया नोक्सानी व्यहोरेकाे सञ्चालन नोक्सानी गत आर्थिक वर्षमा एक करोड ७८ लाख ८८ हजार रुपैंयाको सञ्चालन आम्दानीमा रुपान्तरण भएको छ । यसले कम्पनी सञ्चालन नाफामा पुगेकाे र पहिलाकाे नाेक्सानी सकाएर नाफामा परिणत गरेपछि कम्पनी बाेनस बाँड्नसक्ने अवस्थामा पुग्नेछ ।
गत आर्थिक वर्षमा सर्वसाधारणलाई तत्कालिन पूँजीको ४० प्रतिशत सेयर बिक्री गरेर चुक्ता पूँजी ७० करोड रुपैंया पुर्याएको कम्पनीको प्रतिसेयर आम्दानी दुई रुपैंया ५० पैसा छ ।
प्रतिसेयर नेटवर्थ ७८ रुपैंया ६२ पैसा रहेको कम्पनीले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर पनि निर्माण गरिरहेको छ ।