स्थानीयले छ्याङ्दी हाइड्रोको सेयर बेचे जरिवाना

Aug 06, 2017 merolagani

छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर कारोबार विहीबारदेखि खुलेको छ । सेयर कारोबार खुलेपनि स्थानीय बासिन्दालाई सेयर बिक्री नगर्न कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सचेत गराएको छ ।


क्यापिटलले कम्पनीको सेयर पाउने सबै लगानीकर्ता र स्थानीय बासिन्दाको डिम्याट खातामा सेयर पठाईसकेको जानकारी दिएको छ । साधारण लगानीकर्ताले सेयर बिक्री गर्न पाएपनि स्थानीयले तीनबर्षसम्म उक्त कम्पनीको सेयर बिक्री गर्न नपाउने प्रावधान रहेको छ ।

जानकारीको अभावमा यदी स्थानीयले छ्याङ्दी हाइड्रोको सेयर बिक्री गरेको खण्डमा २० प्रतिशत पेनाल्टी तिर्नुपर्ने हुन्छ ।

२७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत जेठ १४ देखि १८ गतेसम्म पाँच लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणमा जारी गरिसकेको छ । लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि कम्पनीले दुई लाख ७० हजार कित्ता साधारण सेयर जारी गरेको थियो ।

छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुल्यो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।