राष्ट्रिय बीमा कम्पनीले तीन आर्थिक बर्षको एकसाथ साधारणसभा गर्ने तयारी

Aug 09, 2017 merolagani

राष्ट्रिय बीमा कम्पनी(RBCL)ले थप तीन आर्थिक बर्षको बक्यौता साधारणसभा एकसाथ गर्ने तयारी थालेको छ । कम्पनीले एघार बक्यौता आर्थिक वर्षहरुको साधारण सभा गर्न बाँकी रहेकोमा आर्थिक बर्ष २०६३।०६४, २०६४।०६५ र ०६५।०६६ को गरी तीन बर्षको साधारणसभा गर्ने तयारी थालेको हो ।



कम्पनीले गत वैशाख २२ गते आर्थिक बर्ष २०६०।०६१, २०६१।०६२ र ०६२।०६३ को साधारणसभा एकसाथ गरेको थियो ।

कम्पनीको  दुई आर्थिक बर्ष २०६३।०६४ र २०६४।०६५ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भईसकेको पत्र कम्पनीलाई प्राप्त भईसकेको छ । थप एक आर्थिक बर्षको विवरण बीमा समिति पठाइसकिएको छ, सम्भवत हप्ता दिनमा थप एक आर्थिक बर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत हुन्छ, बीमा कम्पनीका एक अधिकारीले भने । आर्थिक बर्ष ०६५।०६६ को आर्थिक प्रतिवेदन स्वीकृत हुनासाथ तीन आर्थिक बर्षको साधारणसभा बोलाउने तयारी छ, उनले भने ।

त्यसपश्चात क्रमिक रुपमा अन्य आर्थिक बर्षको साधारणसभा राख्ने कम्पनीको योजना छ ।  आर्थिक बर्ष ०६६।०६७ देखी ०६९।०७० को लेखापरीक्षणको काम अन्तिम चरणमा पुगेको र ०७०।०७१ को लेखापरीक्षण बारे परामर्श चलिरहेको  छ ।

महालेखा परीक्षकको कार्यालयले भदौ मसान्तसम्ममा लेखापरीक्षण सक्न निर्देशन दिएकाले सोही अवधिमा एक आर्थिक बर्ष बाहेक सबै बर्षको लेखा परीक्षण सकिने कम्पनीका एक उच्च अधिकारीले मेरो लगानीलाई जानकारी दिए ।

कम्पनीले आर्थिक बर्ष ०७१।०७२ को लेखापरीक्षण सकिसकेको र ०७२।०७३ को चलिरहेको जानकारी समेत दिएको छ ।

बिगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा बिभागको रुपमा रहेको कम्पनी ०७१ साउनमा अलग भएर राष्ट्रिय बीमा कम्पनी बनेको हो । अलग्गै कम्पनी बनेपछिका बर्षहरुको भने कम्पनीले नियमित रुपमा लेखा परीक्षण गराउदै आएको छ ।

०६३ सालसम्मको साधारण सभा सम्पन्न गरी लाभांस वितरण गरेको कम्पनीको हाल चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया छ ।

यस अघि तीन आर्थिक वर्षको एकैसाथ साधारण सभा गरेको कम्पनीले बक्यौता आर्थिक वर्षहरुको लेखापरीक्षण सकेर थप नयाँ साधारण सेयर (एफपीओ) निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले हाल कायम सेयर संरचनालाई संस्थापकतर्फ ७० तथा सर्वसाधारणतर्फ ३० प्रतिशत बनाउन एफपीओ जारी गर्ने योजना अघि सारेको हो ।

बक्यौता सबै आर्थिक बर्षहरुको साधारणसभा सकेर बोनस वितरण र एफपीओ निष्काशन गरेर  २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब रुपैंया पुर्याउने लक्ष्य कम्पनीको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया हुनु पर्ने व्यवस्था गरेको छ ।

अहिले कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत संस्थापक सेयर स्वामित्व छ ।  त्यसै गरी सर्वसाधारणसँग १९.५४ प्रतिशत रहेकोमा पनि सोको ७.२४ प्रतिशत सेयर संस्थापक समुहमा नै रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड नाफा कमाएको छ । 

राष्ट्रिय बीमा संस्थान (RBS) र राष्ट्रिय बीमा कम्पनी (RBCL) फरक - फरक हुन । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।