हिमालयन पावर पार्टनरको सेयर सूचीककरण,अर्को साताबाट कारोबार खुल्ने

Aug 10, 2017 merolagani

हिमालयन पावर पार्टनर (HPPL) को एक करोड ६ लाख ५४ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । डिम्याट खातामा सेयर आईसकेका लगानीकर्ताले आगामी भदौं ४ गतेबाट कम्पनीको सेयर किनबेच गर्न सक्नेछन ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले लगानीकर्ताको डिम्याट खातामा  सेयर पठाईसकेको जनाएको छ ।

कम्पनीको पहिलो कारोबार कति मूल्यमा खुल्ने बारे नेप्सेले केही जनाएको छैन । नेप्सेले कम्पनीहरुलाई नेटवर्थको तीन गुणासम्म मूल्य दिने गर्छ । कम्पनीले शेयर निष्काशन गर्दा जारी गरेको आवहान पत्रमा नेटवर्थ एक सय रुपैयाँ उल्लेख छ ।

कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो। जसमध्ये कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।

जसमा एक लाख २९ हजार ३०२ जनालाले १० कित्ता, ५ जनाले ११ कित्ता र ३४ हजार ४३० जनाले २० कित्ताका दरले सेयर पाएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।