मैलुङ खोलाको सेयर नपरेको रकम फिर्ता सुरु

Aug 10, 2017 merolagani

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि निष्कासन गरेको सेयर बाँडफाँडपत्र तथा रकम फिर्ता साउन २६ गतेदेखि सुरु गरेको छ । 

सिद्धार्थ बैंक र एनएमबि बैंकमा खाता भएका लगानीकर्तालाई आवेदककाे खातामा नै सिधै पठाउनेविक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । अन्य आवेदककाे  हकमा दरखास्त बुझाएको  संकलन केन्द्रलाई नै आवेदकको खातामा रकम जम्मा गर्न  क्यापिटलले विवरण उपलब्ध गराएको जनाएको छ । 

रकम फिर्ता लिन जाँदा सेयरको अर्धकट्टी र आधिकारीक परिचयपत्रका साथ उपस्थित हुन कम्पनीले सूचना जारी गरेको छ । आफै उपस्थित हुन नसक्ने लगानीकर्ताले मञ्जुरीनामा सहित अर्को व्यक्तिमार्फत संकलन गर्न सक्नेछन् ।

मैलुङ खोला जलविद्युतले स्थानियका लागि एक सय रुपैयाँ अङ्कित दरको तीन लाख ६८ हजार १४४ कित्ता साधारण सेयर असार ३० गते बाँडफाँड गरेको थियो । 

मैलुङ खोला जलविद्युतले गोलाप्रथामा सेयर नपाउनेलार्इ पनि दिने भयाे १० कित्ता सेयर

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।