हिमालयन पावरको सेयर कारोबार आइतबार देखि खुल्ने,कति तोकियो मूल्य ?

Aug 18, 2017 merolagani

हिमालयन पावर पार्टनर कम्पनी (HPPL) को सेयर कारोबार आइतबारदेखि खुल्ने भएको छ । कम्पनीले यसै साता नेप्सेमा एक करोड ६ लाख ५४ हजार कित्ता सेयर सूचीकरण गराएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबार लागि एक सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेञ्ज दिएको छ ।

कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता साधारण शेयर जारी गरेको थियो ।

जसमध्ये कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।

जसमा एक लाख २९ हजार ३०२ जनालाले १० कित्ता, ५ जनाले ११ कित्ता र ३४ हजार ४३० जनाले २० कित्ताका दरले सेयर पाएका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।