सेञ्चुरीले डाक्यो विशेष साधारण सभा, अल्पाइन र सेतीलाई किन्ने

Aug 24, 2017 Merolagani

सेन्चुरी कमर्शियल बैंक (CCBL) ले अल्पाइन डेभलपमेण्ट बैंक (ALDBL)  र सेती फाइनान्स (SETI) लाई खरिद गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । साना कम्पनीको साथ लिएर चुक्ता पूँजी आठ अर्ब पुर्याउन लागेको बैंकले दुई संस्थालाई विलय गर्नं भदौ २३ गते विशेष साधारण सभा बोलाएको हो ।

साधारण सभाले सेन्चुरीको एक सय कित्ता बराबर अल्पाइनको ९३ कित्ता सेयर स्वाप निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्दैछ । त्यसै गरी सेञ्चुरीको एक सय कित्ता बराबर सेती फइनान्सको ७० कित्ता सेयर स्वाप कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गर्नेछ ।

विशेष साधारण सभाले विलय सम्बन्धमा भएका अरु सबै सम्झौतालाई पनि पारित गर्ने साधारण सभाको सूचनामा उल्लेख छ । भदौ १५ गतेदेखि साधारण सभाका लागि सेयरधनी पुस्तिका बन्द गर्ने बताएको बैंकले भदौ १४ गतेसम्म कायम सेयरधनीले मात्र सहभागिता जनाउन पाउने जनाएको छ ।

यस अघि अरनिको डेभलपमेण्ट बैंक, इन्नोभेटिभ डेभलपमेण्ट बैंक, सगरमाथा फाइनान्सलाई आफुमा बिलय गरेको थियो । अहिले बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । साधारण सभाबाट दुई संस्था विलय गर्ने सम्झौत अनुमोदन भएर हकप्रद पूँजीकरण हुँदा बैंकको चुक्ता पूँजी सात अर्ब ८५ करोड नजिक पुग्छ । बैंकले १६ करोड रुपैंया बराबरको बोनस बितरण गर्दा चुक्ता पूँजी आठ अर्ब माथि हुन्छ । बैंकले गत आर्थिक वर्षमा ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।