६ कम्पनीकाे ७८ करोड ८८ लाख रुपैयाँको बोनस सेयर धिताेपत्र बाेर्डमा रजिष्ट्रेशन

Sep 11, 2017 merolagani

चालु आर्थिक बर्षको सुरुवात भएको झण्डै दुई महिना (साउन १ देखि भदौ २२ सम्म ) काे अवधिमा ६ कम्पनीले ७८ करोड ८८ लाख २९ हजार २७५ रुपैयाँको बोनस सेयर धितोपत्र बोर्डमा रजिष्ट्रशन गरेका छन् ।

जसमध्ये साग्रीला डेभलपमेन्ट बैंकले सबैभन्दा बढी ४५ करोड ७३ लाख ९४ हजार एक सय रुपैयाँको ४५ लाख ७३ हजार ९४१ कित्ता बोनस रजिष्ट्रशन गरेको छ । बैंकले चालु आर्थिक बर्षको सुरुमै साउन १ गते १६.०७ प्रतिशत बोनस रजिष्ट्रेशन गराएको हो ।

सबैभन्दा कम जनउत्थान सामुदायिक लघुवित्तको चार लाख रुपैयाँको चालिस हजार कित्ता रजिष्ट्रेशन छ । कम्पनीले साउन ९ गते चुक्ता पूँजीको २० प्रतिशत बोनस रजिष्ट्रेशन गराएको छ ।

त्यस्तै भार्गव विकास बैंककाे २० प्रतिशत बराबरकाे २ लाख ४० हजार कित्ता,सेती फाइनान्सकाे नाैं प्रतिशत बराबरकाे ५७ हजार १०८ कित्ता,कालिका माइक्राेक्रेडिट लघुवित्तकाे तीन लाख २५ हजार  कित्ता बाेनस सेयर रजिष्ट्रेशन भएकाे छ । 

लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चुक्ता पूँजीको २४.८० प्रतिशतले हुन आउने २६ करोड ५२ लाख २४ हजार ३७५ रुपैयाँको २६ लाख ५२ हजार २४३ कित्ता बोनस सेयर रजिष्ट्रेशन गराएको हो ।

कम्पनीहरुले अहिले गरेका बोनस सेयर रजिष्ट्रेशन अघिल्लो आर्थिक बर्षको हुन् । गत आर्थिक बर्षको साधारणसभा भर्खर मात्र सुरु भएकाले आगामी दिनमा धितोपत्र बोर्डमा कम्पनीहरुले साधारणसभाबाट पारित गरेका बोनस सेयर रजिष्ट्रशन गर्ने क्रम अझै तिब्र बन्दै जानेछ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।