निष्काशित धितोपत्रको तुलनामा आवेदक अत्याधिक हुँदा अधिकांश आवेदकको हात रित्तो बन्न पुगेको हो ।
मेरोलगानीको IPO>IPO Result खोलेर DEMAT NO भर्ने स्थानमा आफ्नो डिम्याट खाता नम्बर राखेर नतिजा खोज्नु होस् ।
आइपिओमा आवेदन गरेका कुल स्वीकृत एक लाख ७१ हजार ५९२ जनाको आवेदकमध्ये ३६ हजार २७० जना आवेदकले मात्र गोला प्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका हुन् । एक लाख ३५ हजार ३२२ जना आवेदकको हात खालि भएको छ । आइपिओमा आवेदन गरेका एक हजार ९०९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले गत साउन २७ गतेदेखि ३२ गते तीन लाख ६२ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो ।
२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि २६ करोड रुपैयाँ पूँजी पुगेको छ । दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य