रिलायवल क्यापिटल प्राप्तीसँगै कार्यक्षेत्र बढाउँदै ग्लोबल आईएमई क्यापिटल

Sep 21, 2017 merolagani

ग्लोबल आइएमई क्यापिटलले धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार आफ्नो कार्यक्षेत्रमा व्यापक परिवर्तन गर्ने भएको छ । क्यापिटलले बोलाएको दशौं बार्षिक साधारण सभामा अहिले प्रदान गर्दे आईरहेको सेवामा थप विस्तार गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले असोज २७ गते ४ बजे कार्यालयमा बोलाएको साधारणसभामा भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी र हेज फण्ड जस्ता कोष सञ्चालन गर्ने प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरलाई भेञ्चर क्यापिटल लगायतका कार्यक्रम सञ्चालन गर्न पाउने गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०७४ मा संसोधन गरेपछि क्यापिटलले कार्यक्षेत्रको दायरा बढाउने भएको हो । 

त्यस्तै ग्लोबल आइएमई क्यापिटलले संगठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी र हेज फण्ड जस्ता कोष सञ्चालन, सम्पति व्यवस्थापन लगायतका विषयमा परार्मश सेवा प्रदान गर्न दशौं वार्षिक साधारण सभामार्फत कम्पनीको प्रबन्धपत्रको ४ (ट) पछि संसोधन गरेर थप गर्ने प्रस्ताव गरेको छ ।

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गरिपछि ग्लोबल आइएमई क्यापिटलले रिलायबल क्यापिटललाई विलय गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर तथा १६.३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।

उता रिलायवल क्यापिटलले पनि असोज २७ गते ४ बजे चन्दागिरि हिल्समा साधारण सभा बोलाएको छ । सभामा कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।