तर बजारमा भएको आपूर्तिलाई अनुगमन गर्ने निकायले भने यो विषयमा खासै चासो दिएको पाइदैन । यदि चासो दिएको हुन्थ्यो भने नेपाललाई कसरी बाख्रापालन पालनमा आत्मनिर्भर वनाउन सकिन्छ भनेर नितीगत तहमा बहस भैसक्थ्यो ।
नेपालको भूवनोट, हावापानी सबै हेर्दा नेपाल बाख्रापालनमा आत्मनिर्भर नहुने कुनै कारण छैन । तर, ८५ प्रतिशत खसी वोका आयत गर्ने स्थिति किन बनिरहेको छ ? यो प्रश्नको उत्तर कसले दिने ? दशैंमा खसीबोकाको खपत उच्च हुन्छ । यो समयमा १० देखि १५ गुणा बढीले खपत माग हुन्छ । अरूवेला चारहजार सम्म खपत हुने खसीवोका दशैमा ५० हजारसम्म पुग्छ । चौपाया खरीद विक्री सेवा संघका अनुसार दशैमा कुल खपतको ८५ प्रतिशत अर्थात ३५ हजारसम्म खसी भारतबाट आउने गरेका छन । नेपालमा खसी उत्पादन कम हुनुमा निम्न कारण छन ।
- सरकारको उचित प्रोत्साहनको कमी
- पर्याप्त घाँस तथा दानको अभाव
- अवैज्ञानिक ढुवानी मापदण्ड
- बाख्रापालनलाई सम्मानको पेशाका रूपमा नलिइनु
- युवाहरू कृषि पेशाप्रति आकर्षण नहनु र बिदेश जानु
बीस बर्ष पहिलेसम्म दशैको समयमा आउने खसीबोकामध्ये ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत भारतीय हिस्सा हुने गथ्र्यो । तर यो २० वर्षको समयमा नेपाल पूर्णरूपमा परनिर्भर हुने अवस्थामा छ । यदि यस्तै अवस्था रहे अवको एक दशकमा नेपाल पूरै पर निर्भर नहोला भन्न सकिन्न ।
खसीबोकामा आत्मनिर्भर हुनलाई के गर्नु पर्ने ?
- स्वेदशी उत्पादन बढाउन कृषक मैत्री नियम कानून बन्नुपर्ने
- सरकारी अनुदानको सहज उपलब्धता हुनुपर्ने
- कृषि पेशालाई थप सम्मानजनक बनाई युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनु पर्ने
दशैंका लागि नेपालको उदयपुर, ओखलढुंगा, कपिलवस्तु, वीरगञ्ज, सिन्धुली, बाँके, कैलाली, काँभ्रे, धादिङसम्म बाट खसीबोका राजधानी ल्याइनेगरेका छन । यसैगरी भारतको कानपुर, हरियाणा, लक्ष्मणपुर, लखनौ, राजस्थान लगायतका स्थानबाट खसीबोका आयात हुनेगरेको छ ।
ब्यापारीहरूका अनुसार अहिले बजारमा जिउँदो कालो रङ्गको बोकाको प्रति केजी ४ सय ५० रूपैयाँदेखि ५ सय रूपैयाँसम्म तथा रातो रङ्गको बोकाको भने ४ सय रूपैयाँदेखि ४ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी जिउँदो खसीको भने ४ सय ६० रूपैयाँदेखि ५ सय १० रूपैयाँसम्म प्रति केजीका दरले किनबेच भइरहेको र भेडाको मासु प्रति केजी ८ सय रूपैयाँ तथा च्याङ्ग्रा भने १२ देखि १५ सय रूपैयाँसम्ममा किनवेच भैरहेको छ । तर, तराईमा भएको डुवान, नारायणगढ -मुग्लिन सडक खण्डमा हुने बारम्बारको अवरोध लगायतले खसीको खपत कम हुने भएकोले मासुको मूल्य अझैमाथि जानसक्ने छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य