कम्पनीले गतबर्षको कमाईबाट १५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारणसभाबाट पारित भएपछि कम्पनीले चुक्तापूँजीको ३४ करोड ४७ लाख रुपैयाँ बराबरको नगद लाभांस र ५१ करोड ७१ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज २७ देखि कार्तिक २४ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । असोज २६ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनका साथै साधारणसभामा भाग लिन पाउनेछन् ।
गत आर्थिक बर्षमा ९६ करोड ६३ लाख रुपैयाँ मुनाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ रहेको छ।
तीन अर्ब ४४ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमेको १५ प्रतिशत बोनस वितरणपछि तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................