होटल र्याडिसनले पनि एफपिओ जारी गर्ने, कति दिँदैछ बोनस ?

Oct 17, 2017 merolagani

ओरियण्टल होटल्स् लिमिटेड (र्याडिसन) ले थप नयाँ सेयर (एफपिओ) जारी गर्ने प्रस्ताव गरेर बार्षिक साभारणसभा डाकेको छ । साथै सोही साधारणसभाले कम्पनीले प्रस्ताव गरेको लाभांस समेत पारित गर्ने भएको छ ।

कम्पनीले गत बर्षको कमाईबाट १८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ६.२१ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

होटलको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन एफपिओ जारी गर्ने प्रस्ताव गरिएको कम्पनीले जानएको छ ।

साथै कम्पनीले साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट पाँच जना र साधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन समेत गर्ने भएको छ ।

कम्पनीको वार्षिक साधारण सभा कात्तिक २३ गते नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा ११ बजेदेखि हुने भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका कात्तिक ९ गतेदेखि २३ गतेसम्म बन्द रहेने जनाएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ
होटलको हालको चुक्ता पूँजी ७९ करोड १७ लाख रूपैयाँ छ । प्रस्ताव गरिएको बोनस शेयर वितरणपछि चुक्ता पूँजी ९३ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।