नेपाल चेम्बर अफ कमर्शले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘व्यापार घाटाले मुलुक आक्रान्त वनेको छ भने सरकारी कामका सेवाग्राही पीडित भएका छन् ।’ ‘संस्कृति, जात्रा र पर्वहरुमा सार्वजनिक विदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको छ’
छठ पर्वको नाममा सरकारले २ दिन सार्वजनिक विदा दिएपछि चेम्बरले सरकारको आलोचना गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो ।
‘नेपाल धेरै जातजाति, भाषा, धर्म, संस्कृतिको बसोबास भएको देश हो । हामी नेपालीहरुका धेरै परम्परा, जात्रा पर्वहरु पनि छन् । यहाँंका चाँंडपर्व उल्लासमय रुपमा मनाउनु अत्यन्त सकारात्मक पक्ष हो’ चेम्बर अफ कमर्शले जारी गरको विज्ञप्तीमा भनिएको छ–‘तर यसप्रकार विदाहरु दिंदा आर्थिक एवं वित्तीय संस्थाहरुमा सुचारु रुपले सञ्चालन हुनुपर्छ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................