लक्ष्मी इक्विटी फण्डको प्रति इकाई खुद मूल्य ११ पैसाले बढ्यो

Oct 30, 2017 Merolagani

लक्ष्मी इक्विटी फण्ड (LEMF) को असोज महिनामा प्रति इकाई खुद मूल्य भदौको तुलनामा ११ पैसाले बढेको छ । भदौमा ९ रुपैयाँ ८४ पैसा रहेको फण्डको प्रतिएकाई मूल्य ९ रुपैयाँ ९५ पैसामा बढेको हो ।

लक्ष्मी इक्वीटी फण्डले असोजमा ४८ सूचीकृत कम्पनीको ७ लाख ६० हजार ९५८ कित्ता सेयर होल्ड गरेको छ । भदौमा कम्पनीले ७ लाख १९ हजार २९१ कित्ता सेयर होल्ड गरेको थियो । भदौ महिनाको तुलनामा इक्विटी फण्डको सूचीकृत सेयरमा ३ करोड ८९ लाख १३ हजार ९ रुपैयाँ लगानी बढेर असोज मसान्तमा ५५ करोड ५४ लाख ८६ हजार १५२ रुपैयाँ कायम भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सामूहिक लगानी कोषले १२ करोड ५० लाख इकाई सर्वसाधारणमा जारी गरेको छ । फण्डको कोष सुपरिवेक्षण खर्च भदौको तुलनामा असोजमा दोब्बरले बढेर एक लाख २० हजार पुगेको छ ।

फण्डको बैंक मौज्दात ४ करोड ३५ लाख ७५ हजार ६३६ रुपैयाँले घटेर ३९ करोड ५६ लाख एक हजार ६७७ रुपैयाँ कायम भएको छ । भदौ समान्तमा फण्डसँग ४३ करोड ९१ लाख ७७ हजार ३१३ रुपैयाँ बैंक मौज्दात रहेको थियो ।

लक्ष्मी इक्विटी फण्डले सबैभन्दा बढी नेपाल एसबिआई बैंकको दुई करोड ८४ लाख ५६ हजार ५५० रुपैयाँ बराबरको ३४ हजार २८५ कित्ता सेयर होल्ड गरेको छ । त्यस्तै हिमालयन पावर पार्टनर कम्पनीको एक लाख १० हजार ६३० रुपैयाँ बराबरको २९९ कित्ता सेयरमा सबैभन्दा कम लगानी रहेको छ ।

सूचीकृत, सूचीकृत नभएका सेयर, डिवेञ्चर तथा मुद्धत्ती निक्षेप समेत गरि योजनाले असाेज मसान्तसम्म गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन तथा कारोबार शुल्क समेत गरि ५८ करोड ६९ लाख २१ हजार ९३६ रुपैयाँ रहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।