मेगा बैंक र बेस्ट फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

Oct 31, 2017 Merolagani

मेगा बैंक (MEGA) को ६५ प्रतिशत र बेस्ट फाइनान्स (BFC) को १२५ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो । दुबै कम्पनीले यसअघि असोज ३० गते थप गरेका १५ दिन हकप्रद भर्ने समय मंगलबार सकिन लागेकाे हाे ।

मेगा बैंकले गत भदौ २७ गतेदेखि १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ कित्ता सेयर विक्री गरेको हो । जसको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हकप्रदमा २०७३ माघ ६ गतेसम्म कायम सेयरधनीले विक्री प्रबन्धकका साथमा मेगा बैङ्कका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

टुरिजम् डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगााको टुरिजमलाई समेत गाभ्दा चुक्ता पूँजी ९ अर्ब बढी पुग्ने देखिन्छ । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ सेयर स्वाप रेसियो हुने गरी मर्जर सम्झौता भएकोमा टुरिजमले मंसिर ४ गते चुक्ता पूँजीको ८.५४ प्रतिशत बोनस प्रस्ताव सहित साधारणसभा बोलाईसकेको छ ।

मेगाा बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । ६५ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुग्नेछ । टुरिजम् बैंकको प्रस्तावित बोनसपछि दुई अर्ब १७ करोड ३४ लाख रुपैयाँ पुग्नेछ । टुरिजम् बैंक गाभिँदा मेगा बैंकको गत बर्षकाे बोनसभन्दा पहिला नै पूँजी ९ अर्ब ७३ करोड नाध्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता बेष्ट फाइनान्स (साविक जनरल फाइनान्स) ले जारी गरेको १२५ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने मंगलबार नै अन्तिम दिन रहेको छ । भदौ २७ गतेदेखि हकप्रद सेयरको निष्कासन खुला गरेका फाइनान्स कम्पनीको हकप्रदमा साउन २५ गतेसम्म कायम सेयरधनीले हकप्रद आवेदन दिन सक्नेछन् ।

बेष्ट फाईनान्स कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटलका साथमा जनरल फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

२२ करोड एक लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको जनरलको फाईनान्सको हकप्रद विक्रीपछि ३८ करोड ५४ लाख ४८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।