साझा र युनियन फाइनान्सलाई मिलाएपछि देवको कति पुग्यो पूँजी ?

Nov 06, 2017 Merolagani

देव विकास बैंकमा विलय हुनका लागि साझा विकास बैंक र युनियन फाइनान्सलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । यो सँगै कात्तिक २३ गतेदेखि तीन संस्थाले एकीकृत वित्तीय कारोबार सुरु गर्ने भएका छन् । लामो समयको प्रकृयापछि तीन संस्थाले विलयका लागि अन्तिम स्वीकृति पाएका हुन् ।

देव विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले पूँजी बढाउन साना संस्थाहरुलाई सहयोग गर्दै आफुले पनि सहयोग गरेको बताए ।

उनका अनुसार २ संस्था विलय पश्चात देवको चुक्ता पूँजी १ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । यसअघि नै बैंकले हालको विलय प्रकृया पुरा भए पछि ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । उक्त हकप्रद पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने प्रमुख कार्यकारी श्रेष्ठले बताए । उनका अनुसार बैंकले २२ करोड रुपैंया बराबरको बोनस बितरण गरी चुक्ता पूँजी अढाई अर्ब रुपैयाँ पुर्याउने छ ।

सहारा विकास बैंकलाई पनि आफुमा गाभ्ने सम्झौता गरेको देवले यो वर्षको अन्त्यसम्ममा मात्र प्रकृया पुरा हुने जनाएको छ । धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार सहाराले हकप्रद निष्काशन गरिसके पछि मात्र देवमा विलय हुनेछ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।