विभिन्न कम्पनीहरुको सेयर अहिलेको घट्दो बजारमा सस्तो मूल्यमा सकार्ने अवसर पनि लगानीकर्तामा सँगसँगै आएको छ ।
अरुण फाइनान्स(ARUN) को लिलामीको सेयरमा बिक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल जमलमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र कात्तिक २४ गते अपरान्ह २ :३० बजे क्यापिटलको केन्द्रिय कार्यालय जमलमा खोलिने छ ।
अल्पाईन डेभलपमेन्ट बैंक (ALDBL) को सेयरमा बिक्री प्रवन्धक एनएमबि क्यापिटल नागपोखरी तथा बैंकको केन्द्रिय कार्यालय मकवानपुरमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक सेयरमा साविकका संस्थापकले मात्र आवेदन गर्न पाउनेछन् । बोलपत्र कात्तिक २४ गते अपरान्ह २ संस्थापक र साधारण सेयरको सोही दिन २ :३० बजे क्यापिटलको कार्यालयमा खोलिने छ ।
निर्धन उत्थान विकास बैकले आफ्नो स्वामित्वमा रहेको नेपाल ग्रामिण बिकास बैंक (NGBBLP) र रुरल माईक्रोफाइनान्स (RMDCPO) को संस्थापक सेयर लिलामीमा राख्न लागेको हो । यसमा विक्री प्रबन्धकको काम एनआईएबिएल क्यापिटलले गरेको छ । दुबैको सेयरमा लगानीकर्ताले न्यूनतम ३०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी रकम तोकी निवेदन दिनुपर्नेछ ।
नेपाल ग्रामिणको बोलपत्र मंसिर ७ गते अपरान्ह ४ बजे र रुलर माईक्रोफाइनान्सको मंसिर ८ गते विहान १० बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खोलिने जनाईएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) को संस्थापक सेयरमा बिक्री प्रवन्धक एनएमबि क्यापिटल नागपोखरी तथा बैंककोशाखा कार्यालयहरु विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी तथा सप्तकोशी बैंकका कार्यालय विराटनगरबाट आवेदन गर्न सकिनेछ ।
बोलपत्र संकलन केन्द्रबाट क्यापिटलमा प्राप्त भैसकेपछि बोलपत्र खुला गरिने मिति समय र स्थानको जानकारी गराईने जनाईएको छ ।
मुक्तिनाथ (MNBBL) को सेयरमा बिक्री प्रवन्धक एनआइबिएल क्यापिटल लाजिम्पाट, मुक्तिनाथ बैकको केन्द्रीय कार्यालय कमलादी तथा शाखा कार्यालयहरु पोखरा, विरगञ्ज र बुटवल तथा इन्भेष्टमेण्ट बैकको बिराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीका शाखा कार्यालयबाट फर्म लिन र बुझाउन सकिने छ । बोलपत्र खोल्ने मिति र स्थान सबै संकलन केन्द्रबाट क्यापिटलमा बोलपत्र आवेदन प्राप्त भएपछि जानकारी दिने उल्लेख छ ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI) को सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, र उपत्यका बाहेक देशभरका विभिन्न सात शहरबाट समेत आवेदन गर्न पाईनेछ । इच्छुक लगानीकर्ताले वीरगञ्ज, पोखरा, सुर्खेत, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा रहेका एनएमबि बैंकका शाखा कार्यालय मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र खोल्ने मिति र स्थान सबै संकलन केन्द्रबाट क्यापिटलमा बोलपत्र आवेदन प्राप्त भएपछि जानकारी दिने उल्लेख छ ।
सप्तकोशी, मुक्तिनाथ र हिमालयन जनरल इन्स्योरेन्सको लिलामी पहिलोपटक नेपाल धिताेपत्र बाेर्डकाे निर्देशनपछि काठमाण्डौं उपत्यका बाहिरका सात शहरबाट संकलन गर्न लागिएको हो ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................