बोर्टलस् नेपाल र बोर्टलस् नेपाल तराईको बुकक्लोज

Nov 08, 2017 Merolagani

बोर्टलस् नेपाल(BNL) र बोर्टलस् नेपाल तराइ (BNT) ले सेयर दाखिला खारेजिको मिति तोकेका छन् । दुबै कम्पनीले बुधबार बोनस वितरण तथा साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्ने मिति तोकेका हुन् ।

बोर्टलस् नेपालले कात्तिक २० गते सम्पन्न सञ्चालक समितिको बैठकले ३९ औं बार्षिक साधारण सभाका लागि मंसिर ११ गतेदेखि २५ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो । बोर्टलस् नेपालले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट कुनै लाभांश प्रस्ताव गरेकाे छैन । 

उता बोर्टलस् नेपाल तराईको कात्तिक २० गते सम्पन्न सञ्चालक समितिको बैठकले भने आर्थिक बर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

३१ औं बार्षिक साधारण सभाका लागि मंसिर ११ गतेदेखि २५ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । प्रस्तावित नगद लाभांश कम्पनीको साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................


comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।